स्थानीय तहबाट जारी हुने र कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिने कागजातहरूको नयाँ ढाँचा/नमूना सम्बन्धी सूचना ।
२०८२/०७/२३
२३ कात्तिक, २०८२
विदेशमा पेश गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जारी गरिने कागजातहरूको भाषा (Language) र ढाँचा (Format) मा एकरूपता ल्याई कागजातको विश्वसनीयता कायम गर्न तथा सेवा प्रवाहमा सहजीकरणका लागि कन्सुलर सेवा विभागले स्थानीय तहबाट जारी भई यस विभागमा प्रमाणीकरणका लागि पेश गरिने विविध प्रकृतिका कागजातहरू/सिफारिस पत्रहरूको नयाँ ढाँचा (Format)/नमूना तयार गरेको व्यहोरा जानकारी गराइन्छ।
स्थानीय तहहरूबाट जारी गरिने कागजातहरू/सिफारिस पत्रहरूको नमूना स्थानीय तह/वडा कार्यालयहरूमा पनि पठाइसकिएको छ। तसर्थ, अब उप्रान्त सेवाग्राहीहरूलाई आवश्यक परेको कागजात/सिफारिस पत्र दिइएको नमुना अनुसार वडा कार्यालयबाट अंग्रेजी लेटर हेडमा तयार गरी सम्बन्धित गाउँपालिका/नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वा पञ्जीकरण शाखा हेर्ने अधिकृत स्तरको शाखा प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले तोकेको अधिकृत स्तरको कर्मचारीबाट हस्ताक्षर र कार्यालयको छाप सहित रुजु प्रमाणित गरी पेश गर्नुहुन अनुरोध गरिन्छ।