कन्सुलर तथा कानूनी परामर्श

कन्सुलर तथा कानूनी परामर्श

अंग प्रत्यारोपणको लागि सिफारिश

आवश्यक कागजातहरु
  • विदेशमा अङ्ग प्रत्यारोपण गर्न जान सम्बन्धित अस्पतालको पत्र
  • नेपाल मेडिकल बोर्डको सिफारिस पत्रको प्रतिलिपि
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसपत्रको प्रतिलिपि
  • बिरामी र अङ्ग दाताको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको प्रतिलिपि
  • बिरामी र अङ्ग दाताबीचको नाता प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित स्थानीय तह (महानगरपालिका/उपमहानगरपालिका/नगरपालिका/गाँउपालिका) को सिफारिसपत्र
  • बिरामी र अङ्ग दाताबीचको मञ्जुरीनामा

लाग्ने शुल्क/दस्तुर: निःशुल्क

सेवा प्रदान समय: सोही दिन

विदेशबाट मृतकको शव झिकाउन

आवश्यक जानकारी
  • शब झिकाउनको लागि Online Legal Services मा Click गरेर Online फारम भर्ने
  • मृतक कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्ने
  • सम्भव भएसम्म मृतकको राहदानी (Passport) Scan Copy Upload गर्ने
  • सम्भव भएसम्म मृतकको शव रहेको स्थानको विवरण उल्लेख गर्ने
Note 1: Online फारम बाहेक आवश्यक कागजात Upload गर्नको लागि Add Document मा Click गरेर Upload गर्ने
Note 2: साउदी अरबमा मृत्यु भएको खण्डमा यहाँ Click गरेर फारम Downloadगर्ने र Download गरेको फारम भरेर Scan गरी Upload गर्ने
Note 3: बिदेशमा दाहसंस्कार गर्नको लागि चाहिने थप कागजातहरु:
१. वडा/न.पा/गा.पा/जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र
२. नजिकको कानुनी हकदारको मंजुरनामा (Affidavit)
*मंजुरनामा (Affidavit) नमुनाका लागि यहाँ Click गर्नुहोस
३. मृतकसँगको नाता प्रमाणपत्र
४. नजिकको कानुनी हकदारको नागरिकता वा नेपाल सरकारबाट जारी फोटो प्रमाणपत्र

👉 Online Legal Services

खोजतलास / उद्धार सम्बन्धी कार्य

आवश्यक जानकारी
  • खोजतलास/उद्धारको लागि Online Legal Services मा Click गरेर Online फारम भर्ने
  • निवेदकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि Upload गर्ने
  • खोज तलास गर्नुपर्ने वा नेपाल फर्काउनुपर्ने व्यक्तिको राहदानीको प्रतिलिपि Upload गर्ने
  • वेपत्ता हुनु अघि वा थुना वा जेल पर्नु अघि काम गरेको रोजगारदाताको नाम र फोन नम्बर उल्लेख गर्ने
  • अलपत्र परेकाको हकमा अलपत्र परेको व्यक्तिको ठेगाना र सम्पर्क नम्बर र जेलमा परेकाको हकमा जेलको नाम र ठेगाना उल्लेख गर्ने
  • खोजतलास एवं उद्दार गर्नुपर्ने विषयसँग सम्बन्धित अन्य कागजातका प्रतिलिपि Upload गर्ने
Note: Online फारम बाहेक आवश्यक कागजात Upload गर्नको लागि Add Document मा Click गरेर Upload गर्ने

👉 Online Legal Services

क्षतिपूर्तिका लागि निवेदन (घाइते/मृतक)

आवश्यक जानकारी
  • गा.पा./न.पा. को Letterhead (लेटरहेड) मा नाता प्रमाणपत्र बनाउने नमुनाका लागि यहाँ Click गर्नुहोस
  • मृतकको मृत्यु दर्ता प्रमाणपत्र गा.पा./न.पा. को Letterhead मा नेपाली र अंग्रेजी दुवै भाषामा बनाउने
  • नेपाली राजदूतावास (Nepal Embassy) बाट शब संग आएको मृत्युको कारण खुलाउने पत्र अनिवार्य ल्याउने
  • नाता प्रमाणपत्रमा भएका प्रत्येक व्यक्तिको नागरिकताको फोटोकपी र नाबालक भए जन्मदर्ता वा नाबालक परिचयपत्र अनिवार्य ल्याउने
  • यदि मृतकको बुवा, आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र अनिवार्य ल्याउने
  • नाता प्रमाणपत्र बनाउदा मृतकको बुवा, आमा, श्रीमती, छोरा, छोरी सहित बनाउने
  • मृतक अविवाहित भए अविवाहित प्रमाणपत्र गा.वि.स. बाट अनिवार्य बनाउने
  • प्रमाणपत्रको पछाडि सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बाट रुजु (Verify) गराउने
  • व्यक्ति कार्यरत कम्पनीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्ने
  • Power of Attorney(POA) अनिवार्य Download गरेर परिवारका सदस्यहरुले सहीछाप गरेपछि Scan गरि Upload गर्ने
  • माथि उल्लेखित सबै कागजात Scan गरेर Upload गर्ने | Upload गर्दा Document Name मा कागजात अनुसारको नाम राख्ने
  • क्षतिपूर्तिको लागि Online Application Button मा Click गरि Online फारम भर्ने
  • सम्भव भए सम्म मृतकको राहदानी Scan गरेर Upload गर्ने

Note: Online फारम भरेर सक्कल कागजात सहित कन्सुलर सेवा विभागमा आएर उक्त कागजातहरु बुझाउने
Note: कागजात Upload गर्नका लागि Add Document मा Click गरेर Upload गर्ने
Note: यहाँ Click गरि Power of Attorney(POA) Download Click गरि Power of Attorney(POA) Download गर्ने र Download गरेको Document भरेर Scan गरि Upload गर्ने

Note: साउदीमा मृत्यु भएको भए यहाँ Click गरि Power of Attorney(POA) Download गर्ने र Download गरेको Document भरेर Scan गरि Upload गर्ने

👉 Online Legal Services

शैक्षिक योग्यताका प्रमाणपत्र प्रमाणीकरण (विदेश)

आवश्यक कागजातहरु
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • निवेदक र प्रमाणपत्रवालाको नागरिकताको प्रतिलिपि
  • शैक्षिक प्रमाणपत्र र नागरिकतामा नाम फरक भए जिल्ला प्रशासनको सिफारिसपत्र

लाग्ने शुल्क/दस्तुर: प्रति कागजात रु ५००/-

लाग्ने समयावधि: सोही दिन

Police Clearance सिफारिश

आवश्यक कागजातहरु
  • सम्बन्धित देशमा बसेको अवधि खुल्ने कागजात
  • निवेदकको नागरिकताको प्रतिलिपि
  • नाम फरक भएमा जिल्ला प्रशासनको सिफारिसपत्र

लाग्ने शुल्क/दस्तुर: प्रति कागजात रु ५००/-

लाग्ने समयावधि: सोही दिन

विभिन्न आयोजना/उद्योग तथा नेपाली सेनाको लागि विस्फोटक/रसायन सिफारिस

आवश्यक कागजातहरु
  • नेपाली सेनाको हकमा रक्षा मन्त्रालयको सिफारिस पत्र र निर्णयको प्रतिलिपि
  • अन्य सरकारी निकायको हकमा गृह मन्त्रालयको सिफारिस पत्र र निर्णयको प्रतिलिपि
  • निजी क्षेत्रको हकमा गृह मन्त्रालयको सिफारिस, कम्पनी दर्ता, कम्पनी पत्र, कर चुक्ता प्रमाणपत्र, प्रतिनिधिको नागरिकता प्रमाणपत्र

लाग्ने शुल्क/दस्तुर: नेपाली सेनाको लागि नि:शुल्क, अन्यको हकमा रु ५००/-

लाग्ने समयावधि: सोही दिन

नेपाली नागरिकता परित्याग सहजिकरण

आवश्यक कागजात:

नेपाली नियोगहरु मार्फत निवेदन प्राप्त भएपछि गृह मन्त्रालयको नागरिकता तथा हात हतियार शाखामा पठाइने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालय हुँदै पुनः प्राप्त हुने जवाफ अनुसार सम्बन्धित नियोगमा पत्राचार हुने

अधिकृत वारेशनामाको आधिकारिकता

आवश्यक जानकारी
  • विदेशस्थित नेपाली नियोगबाट जारी भएको अधिकृत वारेशनामाको आधिकारिकता January 1, 2018 देखि Online बाट प्राप्त गर्न सकिन्छ यहाँ Click गर्नुहोस्
  • Online बाट सक्कल कागजातमा भएको मिति, दर्ता वा चलानी नं. दिएर खोज्न सकिन्छ
  • यदि Online बाट नदेखिएको वा अन्य कारणले आवश्यक भए, सम्बन्धित कार्यालयको पत्र, वारेशनामा, जग्गाधनी प्रमाणपत्र र नागरिकता सहित व्यक्ति स्वयं कन्सुलर सेवा विभागमा उपस्थित भए मात्र प्राप्त गर्न सकिन्छ

👉 Online PoA Verification[Note: Starting from January 1, 2018]